सांसद र पार्टीको साधारण सदस्यबाट निस्काशित गरेको भन्दै अदालत जाने सरिता गिरीकाे प्रतिक्रिया

समाजवादी पार्टीको आज बसेको बैठकले सरिता गिरीलाई सांसद र पार्टीको साधारण सदस्यबाट निस्काशित गरेको छ । यस विषयलाई लिएर गिरीले अदालत जाने प्रतिकृया दिएकी छिन् । पार्टीले आज गरेको निर्णय वैधानिक नरहेको भन्दै सांसद गिरीले त्यसको विरुद्धमा आफू भोलि नै अदालत जाने बताइन् । आफू अदालत जाने तयारी गरिरहेको र भोलि नै सर्वोच्च अदालतमा रिट दायर गर्ने उनले बताइन् ।

आफूलाई कारवाही गरेको विषय संघीय कानुन विपरित र संसदीय दलको विधानको धारा २६ विपरित रहेको पनि उनले दावी गरिन् ।
नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको थियो । स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएको कारण उनलाई कारवाही गरेको पार्टीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्