ओली र प्रचण्डबीचको छलफल सकियो, यस्तो भयो सहमति !!

FILE PHOTO

काठमाडौँ – प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचको छलफल सकिएको छ ।

प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा भएको भेटमा दुई अध्यक्षबीचको छलफललाई जारी राख्ने सहमति भएको छ ।

आज दुई अध्यक्षबीच छलफल भए पनि ठोस निष्कर्ष ननिस्केका कारण उनीहरुबीच बीच छलफल जारी रहनेछ ।
दुई अध्यक्षबीचको छलफल सकारात्मक रहेको बुझिएको छ ।

नेकपामा जारी विवादको सहमति खोज्नका लागि सोमबारको स्थायी कमिटी बैठक बुधबारसम्म स्थगित भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्