शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना विरामीमा कोरोना संक्रमण

काठमाडौं – शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा उपचाररत ७ जना बिरामीमा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण पुष्टि भएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डाक्टर बासुदेव पाण्डेले ७ जना बिरामीमा कोरोना भाइरस संक्रमण भएको पुष्टि गरे । उनका अनुसार उनीहरूको कन्ट्याक ट्रेसिङ गर्न बाँकी छ ।

अस्पतालले मंगलबारबाट आकस्मिकबाहेकका सबै सेवा हालका लागि स्थगित गरेको छ । थप सतर्कताका लागि आकस्मिकबाहेकका सेवा बन्द गर्नु परेको अस्पताल प्रशासनले निकालेको सूचनामा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्