अहिले नेकपामा चरम विवाद भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गरेकी छन् ।
नेकपाको निर्णायक हुनसक्ने अनुमान गरिएको स्थायी कमिटी बैठक सोमबारका लागि तय भएको छ । सो बैठकको पूर्वसन्ध्यामा आइतबार साँझ राजदूत होउले पूर्वप्रधानमन्त्री नेपाललाई भेट गरेकी हुन् ।
यस विषयले सबैको ध्यान केन्द्रित भएको छ, भेट्नुको मुख्य कारण के हो, किन भेटिन् सबैको चाँसोको विषय बन्न पुगेको छ ।
भेटवार्ता गर्न राजदूत हाउ आइतबार बेलुका उनको निवास कोटेश्वर पुगेकी थिइन् ।
करिब दुई महिनाअघि पनि नेकपाभित्र शीर्ष नेताहरुबीचको विवादले गम्भीर मोड लिएका बेला राजदूत होउको समेत सक्रियतापछि साम्य भएको मानिएको थियो ।
फाइल फाेटाे