ओलीलाई हटाए देश दुर्घटनामा जानसक्ने काँग्रेस नेतृ कोइरालाको चेतावनी

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने चेतावनी दिएकी छिन् ।

रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले तीनवटै निर्वाचन नभएसम्म सरकार ढाल्ने सपना कसैले पनि देख्न नहुने बताइन् । उनले भनिन् ‘त्यो आफ्नै लागि घातक हुन्छ ।’

साक्षात्कारमा कोइरालाले अहिले नै प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोजे मुलुक दुर्घटनामा पर्ने र त्यसको अपजस काग्रेसमाथि आउन सक्ने बताइन् । उनले अहिले सरकार ढाल्ने काममा लागे संविधान पनि कार्यान्वयन नहुने तर्फ सचेत गराइन् ।

मुलुकमा प्रचण्ड मात्रै एक्लो नेता नभएको र उनकोलागि सरकार ढाल्नु नपर्ने कोइरालाको तर्क छ । प्रचण्ड अहिले प्रधानमन्त्री बन्न पनि नसक्ने र बनिहाले पनि सफल नहुने उनको दाबी छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्