नेपालमा थप २ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप २ सय ३२ जनामा कोरोना पुष्टि भएको बताए । यो सँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या १५ हजार ४ सय ९१ पुगेको छ । जसमा जसमा प्रदेश नं. १ का ६ सय ८६ जना, प्रदेश नं. २ का ४ हजार ८३ जना, बागमती प्रदेशमा ५ सय २५ जना, गण्डकी प्रदेशमा १ हजार १ सय ३३ जना संक्रमित रहेका छन् । यसैगरी प्रदेश नं. ५ मा ३ हजार ९ सय ४२ जना, कर्णाली प्रदेशमा १ हजार ५ सय ४० जना र सुदूरपश्चिम प्रदेशमा ३ हजार ५ सय ८२ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।