बझाङ पहिरो अपडेट : ४ जनाको शव फेला, उद्धारमा गएको नेपाली सेनाको गाडी दुर्घटना

काठमाडाैँ – बझाङकाे केदारस्युँ गाउँपालिकाको मल्लेसीमा गएको पहिरोमा परेर ४ जनाको मृत्यु भएको छ । शनिबार बिहान गएको पहिरोमा बेपत्ता भएकामध्ये ४ जनाको शव भेटिएको छ । अन्य बेपत्ताहरु भने सम्पर्कमा आएको प्रहरीले बताएको छ ।
छिमेकी दुर्गाथली गाउँपालिकाको बिसौनाबाट गएको प्रहरी टोली र स्थानीयहरुले पहिरोमा पुरिएको अवस्थामा चार जनाको शव निकालेका हुन् । पहिरोमा पुरिएका ४० वर्षीया राममती जेठारा, उनका १२ वर्षीया छोरा प्रयाग जेठाराको शव भेटिएको छ । राममतीकी १६ वर्षकी छोरी अस्मिता जेठारा अफै पहिरोमा बेपत्ता छन् । यस्तै पहिरोमा पुरिएका ८० वर्षका दले जेठारा र १३ वर्षीया सन्तु जेठाराको पनि शव फेला परेको छ । राममती जेठाराकी छोरी अस्मिता, स्थानीय १५ वर्षीया शान्ति जेठारा र २२ वर्षीय गिरी जेठारा पनि पहिरोमा बेपत्ता भएका छन् ।

बेपत्ताको खोजीकार्य जारी रहेको छ । उद्धारका लागि घटनास्थलतर्फ गएको नेपाली सेनाको गाडी दुर्घटनामा परेको छ । जयपृथ्वी राजमार्ग गाडी असन्तुलित भएर नालीमा खसेकोको र तीन जना सैनिक सामान्य घाइते भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्