कञ्चनपुरमा प्रेमिकासंगै नहरमा हाम फालेका युवकको २२ घण्टापछि शव फेला परेको छ ।
शुक्रबार भीमदत्त नगरपालिका–१ भाँसी स्थित नहरमा भीमदत्त नगरपालिका वडा नं. २ महुलीयाकी रेनु चौधरीसंगै हाम फालेका उल्टाखामका २३ वर्षीया राकेश चौधरी मृत अवस्थामा फेला परेको कञ्चनपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रेनु चौधरी लाई हिजो नै सकुशल उद्धार गरि महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
मृतक राकेश नेपानी सेना दिपायलमा कार्यरत थिए । उनी एक हप्ता अघि बिदामा गर आएका थिए ।