बझाङमा शनिबार बिहान गएको पहिरोमा पुरिएका दुई जनाको शव भेटिएको छ भने सात जना अझै बेपत्ता छन् ।
शनिबार बिहान २ बजेतिर गएको उक्त पहिरोमा १८ घर पूर्ण रुपमा बगाएको र दुई वटा घरमा क्षति पुगेको स्थानीयले बताएका छन् ।
४० परिवारको बसोबास रहेको उक्त गाउँमा अहिले पहिरोमा परि बेपत्ता भएकाहरुको खोजी भइरहेको छ ।
घटनास्थलमा पठाउनका लागि हेलिकप्टर तयारी अवस्थामा रहेको तर त्यहाँ हेलिकप्टर आवश्यक भए नभएको यकिन गरेपछि मात्रै उडानका लागि अनुरोध गरिनेछ ।