पहिरोमा परी घाइते भएकाहरुलाइ हेलिकप्टरबाट उद्धार

File Photo

गुल्मीको इश्मा गाउँपालिकामा पहिरोमा परी घाइते भएका रिखबहादुरकी श्रीमती ईश्वरा, बाबु टिका खत्रीको शुक्रबार साँझ ५ बजेपछि उद्धार भएको छ । घटनास्थलबाट स्टेचरमा बोकेर उद्धार गर्न नसक्ने अवस्था भएकाले हेलिकप्टरबाट उद्धार गरिएको हो । पहिरोमा पुरिएकी २७ वर्षिया इश्वराको अवस्था गम्भीर छ । उनले १८ घन्टा देखि गुहार माग्दै आएकी थिइन् ।

इश्मा गाउँपालिका–१ हस्तिचौरमा बिहीबार राति गएको पहिरोमा परी स्थानीय बसन्त सारुका १६ महिनाका छोरा सिजन सारु र रिखबहादुर खत्रीकी ८ वर्षीया छोरी अपेक्षा खत्रीको मृत्यु भएको छ । प्रहरी घटनास्थल पुगे पनि पहिरोले सबै सडक बन्द छन् ।

घाइते भएकी सिजन सारुकी आमा सिर्जना सारु पनि अचेत छिन् । हेलिकप्टरले पहिरो पीडितका लागि त्रिपाल र राहत सामग्री पनि गाउँमा पु¥याएको छ ।

त्यस्तै मुसिकोट नगरपालिका–२ का ५५ वर्षीय भागिरथ घिमिरे अझै फेला परेका छैनन् । पहिरोमा ढुंगा र रुख पल्टिएकाले उनको खोजी जारी रहेको छ । पहिरोका कारण मुसिकोटमा १४ र इश्मामा १० घर विस्थापित भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्