काठमाडाैँ – एक नीजि विद्यालयले विभिन्न बाहानामा शिक्षकको तलबको केहि हिस्सा रोक्ने गरेको पाइएको छ । काठमाण्डौैको कपनमा रहेको रिलायन्स पब्लिक स्कुलले तलबबाट कटाइएको रकम पछि एकमुष्ट रुपमा शिक्षकलाई दिने भन्दै तलबको केहि हिस्सा रोक्ने गरेको भेटिएको छ । विगत ६ बर्षदेखि उक्त स्कुलमा काम गर्दै आएका शिक्षक अजय कुमार महतोको तलबबाट कटाइएको रकम विभिन्न बाहानामा फिर्ता नगरेको शिक्षक महतोले बताए ।
उक्त स्कुलबाट छोडेको करिब ८/९ महिना भइसक्दा पनि उक्त रकम फिर्ता नगरेको शिक्षक महतोको गुनासो छ । विद्यालयले पहिलो बर्ष मासिक तलबको १० प्रतिशत र त्यसपछिका बर्षहरुमा मासिक तलबको २० प्रतिशत रकम रोक्ने गरेको बताए । उक्त रकम एकमुष्ट रुपमा शिक्षकलाई नै फिर्ता हुने प्रलोभन देखाएर उक्त रकम हालसम्म पनि फिर्ता नभएको गुनासो शिक्षक महताेले गरे ।
यस विषयमा रिलायन्स पब्लिक स्कुलका प्रिन्सिपल बशन्तलाल लामिछानेले कोरोनाका कारण देशमा भएको लकडाउन र विद्यालय बन्द हुदाँ उक्त रकम रोकिएकोले छिट्टै फिर्ता हुने भन्दै पन्छिन खोजेका छन् । शिक्षक महतोले विद्यालयमा शैक्षिक गतिविधि प्रभावित हुने गरि करिब डेढ महिना भारतमा बसेको आरोप पिन्सिपल लामिछानेले लगाए । तर शिक्षक महतो भने बर्षेनी तालिमको लागि भारतमा जानुपर्ने आफ्नो व्यक्तिगत काम भएकोले गत बर्षमात्र नभई अरु बर्षपनि भारतमा जाने गरेको बताए ।
शिक्षक महतोले भने २०७६ सालको शैक्षिक शत्रको सुरुवातमै भारत जानुपर्ने कुरा बताएका थिए तर अहिले भारत गएको बाहाना बनाउदै विद्यालयले उनको तलबभत्ता रोकेको पाइएको छ । शिक्षक महतोले विद्यालयको समेत संलग्नता रहेको ज्ञानलक्ष्मी सहकारीबाट डेढ दुई बर्ष पहिले ५ लाख ऋण लिएको बताए । जसमा ३ लाख चुक्ता गरिसकेको र २ लाख अझै चुक्ता हुन बाँकी रहेको छ । सहकारीले विभिन्न समयमा ऋण चुक्ता नगरेको भन्दै धम्की दिने गरेको र विद्यालयले राजीनामा दिएको ८ महिना वित्दा पनि उनले पाउनुपर्ने रकम नदिदा आफुलाई समस्या परेको गुनासो उपहार खबरलाई गरे ।
यस विषयमा प्रिन्सिपलले उनको समस्या एक हप्ताभित्रै सामाधान हुने र सहकारीको ऋण र विद्यालयमा उनको बाँकि रहेको हिसाब गरेर उनको समस्या सामाधान गर्ने आश्वासन दिएका छन् ।
आवश्यक परेकाे खण्डमा अडियाे हामिसँग सुरक्षित छ ।