कञ्चनपुरमा एक जोडीले नहरमा हाम फालेका छन् । प्रेम सम्बन्धमा रहेका जोडीले शुक्रवार विहान ११ बजेको समयमा भीमदत्त नगरपालिकाको भाँसीमा रहेको नहरमा हाम फालेका हुन् ।
भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखाम घर भएको २३ वर्षीया राकेश चौधरी र महुलियाकी १९ वर्षीया रेनु चौधरीले सँगै नहरमा हाम फाल्न लागेको स्थानीयले देखेका हुन् ।
स्थानीयहरुले युवतीको सकुशल उद्धार गरेतापनि युवक भने बेपत्ता रहेका छन् । युवतीको अहिले महाकाली अस्पतालमा उपचार भइरहेको छ ।
फाेटाे : पुष्कर भट्ट