सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर फर्किएपछि बिहीबार दिउँसो बैठक सुरु भएको थियो । तर लगत्तै पर्सि शनिबार विहान ११ बजे बस्ने गरी बैठक स्थगित भएको छ ।
बैठकअघि भोली नेकपा अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्डबीच छलफल हुनेछ ।