पाल्पामा एकै दिन थपिए ९३ जना कोरोना संक्रमित

काठमाडौँ – पाल्पामा बिहिबार एकै दिन थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ३९ पुगेको छ ।

भरतपुर अस्पतालले बिहीबार बिहान जारी गरेको सूचनामा असार १० गते भएको आरटी पीसीआर परीक्षणमा ९३ जनाको कोरोना रिपोर्ट पोजेटिभ आएको उल्लेख छ । पाल्पाका विभिन्न ठाउँबाट २३४ वटा नमुना परीक्षणका लागि भरतपुर अस्पताल पठाएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्