कुवेतबाट फर्किएकी एक महिलामा कोरोना संक्रमण, आईसीयुमा उपचार हुदै

काठमाडौं – कुवेतबाट जेठ २९ गते स्वदेश फर्किएकी एक महिलामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

कुवेत सरकारले जहाज चार्टर्ड गरी पठाइदिएको १०२ नेपालीमध्ये एक महिलामा आइतबार कोरोना संक्रमण पुष्टि भएको हो । उनलाई जेठ २९ गते नै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु लगिएको थियो ।

अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार उनको आईसीयूमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्