मुसहर बस्तीमै पुगेर भूमिहीनका समस्या सुनिन् मन्त्री रावलले

धनुषा – मन्त्री प्रतिभा रावलले धनुषाधाम नगरपालिका वडा नम्बर १ र २ का मुसहर बस्तीमा पुगेर स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गर्नुभएको छ। भेटघाटका क्रममा उहाँले भूमिहीन नागरिकका समस्या, गुनासा तथा उनीहरूले भोग्दै आएका कठिनाइबारे जानकारी लिनुभएको थियो। साथै, समस्या समाधानका लागि सरकारले गरिरहेका प्रयास र आगामी कार्ययोजनाबारे स्थानीयलाई जानकारी गराउनुभयो।

मन्त्री रावलले भूमिहीन नागरिकका समस्या शीघ्र समाधान गर्दै लालपुर्जा वितरण प्रक्रियालाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्