एनपीएल इलिमिनेटरमा आज चितवन र काठमाडौं भिड्दै

default

 

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको इलिमिनेटरमा आज चितवन राइनोज र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुँदैछ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल साँझ ५ बजे सुरु हुनेछ। लिग चरणमा काठमाडौं तेस्रो र चितवन चौथो स्थानमा रहँदै प्लेअफमा प्रवेश गरेका थिए।

आजको खेल जित्ने टोलीले भोलि हुने दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ भने पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिनेछ।

यसअघि हिजो भएको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गर्दै साविक विजेता लुम्बिनी लायन्स लगातार दोस्रो पटक फाइनलमा पुगिसकेको छ।

दोस्रो क्वालिफायर जित्ने टोलीले शनिबार उपाधिका लागि लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्