कोप-३१ मा पर्वतीय क्षेत्रका लागि छुट्टै जलवायु कार्ययोजना प्रस्ताव गर्ने नेपालको तयारी

 

काठमाडौं । नेपालले संयुक्त राष्ट्रसङ्घीय जलवायु सम्मेलन कोप–३१ मा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्न प्रस्ताव गर्ने भएको छ।

व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालका अनुसार नेपालले उक्त कार्यक्रम सन् २०२७ देखि सुरु गर्ने समयसीमा, कार्यक्षेत्र, कार्यान्वयन विधि तथा जलवायु वित्त र अनुकूलनका पर्वतविशेष सूचक स्पष्ट गर्न प्रस्ताव गर्नेछ।

कोप–३१ को अध्यक्षतामा पक्ष राष्ट्रहरूसँगको परामर्शपछि तयार गरिएको मस्यौदाको बुँदा ३१ मा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्य कार्यक्रम स्थापना गर्ने प्रस्ताव समेटिएको छ। उक्त कार्यक्रमले पर्वतीय क्षेत्रबारे वैज्ञानिक बुझाइ अभिवृद्धि, जलवायु अनुकूलनका काम अघि बढाउने, उत्थानशीलता निर्माण गर्ने तथा पर्वतीय र हिमनदीमा निर्भर समुदायलाई सहयोग गर्ने लक्ष्य राखेको छ।

त्यस्तै, मस्यौदाको बुँदा ३२ मा सहायक निकायका ६६औँ र ६८औँ अधिवेशनमा यस विषयमा संवाद आयोजना गर्ने र त्यसलाई निरन्तरता दिने उल्लेख छ।

मस्यौदामा पर्वतीय मुद्दा समेटिनुलाई संयुक्त राष्ट्रसङ्घीय जलवायु वार्तामा यस विषयलाई संस्थागत रूपमा स्थापित गर्ने नेपालको प्रयासमा भएको प्रगतिका रूपमा हेरिएको छ। यद्यपि, नेपाल र भुटानले गत अक्टोबर २९ मा संयुक्त रूपमा अघि सारेका सबै विषय भने मस्यौदामा पूर्ण रूपमा समेटिएका छैनन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्