यू–१५ विश्वकपमा नेपालको प्रतिनिधित्व गर्दै नेक्सस इन्टरनेशनल एकेडेमीका सन्दीप श्रेष्ठ

काठमाडौं – नेक्सस इन्टरनेशनल एकेडेमीमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी सन्दीप श्रेष्ठले यू–१५ विश्वकप फुटवल प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका छन्। उनको यस उपलब्धिप्रति विद्यालयले खुसी व्यक्त गर्दै बधाई तथा शुभकामना दिएको छ।

फुटवल खेलमा रुचि राख्दै आएका सन्दीपले नेपालमै पनि नेक्सस इन्टरनेशनल एकेडेमीको तर्फबाट विभिन्न अन्तरविद्यालयस्तरीय फुटवल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। उनले अन्तरविद्यालय नेक्सस कप, अन्तरविद्यालय फिजम कपलगायत विभिन्न विद्यालयस्तरीय फुटवल प्रतियोगितामा सहभागिता जनाइसकेका छन्। ती प्रतियोगितामा आफ्नो खेल कौशल प्रदर्शन गर्दै विद्यालयलाई विभिन्न ट्रफी जिताउनसमेत महत्वपूर्ण योगदान दिएका छन्।

विद्यालयको प्रतिनिधित्व गर्दै विभिन्न प्रतियोगितामा हासिल गरेको अनुभव, निरन्तर मेहनत, अनुशासन र खेलप्रतिको समर्पणकै कारण सन्दीपले अहिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गरेका हुन्। नेक्सस इन्टरनेशनल एकेडेमीले सन्दीपको यस उपलब्धिलाई विद्यालय र राष्ट्रकै लागि गौरवको विषय भन्दै बधाई व्यक्त गरेको छ। साथै, उनको सफलताले अन्य विद्यार्थीलाई पनि खेलकुद क्षेत्रमा अघि बढ्न प्रेरणा मिल्ने विश्वास विद्यालयले लिएको छ।

विद्यालय परिवारले आगामी दिनमा पनि उत्कृष्ट प्रदर्शन गर्दै अन्तर्राष्ट्रिय खेलमञ्चमा नेपालको नाम उच्च राख्न सफल होऊन् भन्ने कामनासहित सन्दीपको उज्ज्वल खेलजीवनको शुभकामना व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्