गोलबजारका तत्कालीन मेयरसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

सिरहा – सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन मेयर देवनाथ साहु तेलीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। नगरपालिकाको हाटबजार ठेक्कामा एक करोड ६० लाख रुपैयाँभन्दा बढी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।

आयोगले तत्कालीन मेयर तेलीसहित उपमेयर रेशमकुमारी थारू, प्रमुख प्रशासकीय अधिकृतद्वय श्रीधर केसी र अनन्तकुमार पौड्याल, निमित्त प्रमुख प्रशासकीय अधिकृत रामनारायण महतो, राजस्व शाखा प्रमुख दिनेशकुमार सहनी र हाटबजार ठेकेदार वीरेन्द्रकुमार यादवलाई प्रतिवादी बनाएको छ।

अख्तियारले तत्कालीन मेयर तेली, उपमेयर थारू, प्रमुख प्रशासकीय अधिकृत केसी, राजस्व शाखा प्रमुख सहनी र ठेकेदार यादवसँग जनही एक करोड ६० लाख ४६ हजार ३४४ रुपैयाँ १० पैसा बिगो मागदाबी गरेको छ। त्यस्तै, प्रमुख प्रशासकीय अधिकृत पौड्याल र निमित्त प्रमुख प्रशासकीय अधिकृत महतोसँग जनही एक करोड ३३ लाख ११ हजार ४३१ रुपैयाँ १० पैसा बिगो मागदाबी गरिएको आयोगको आरोपपत्रमा उल्लेख छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्