प्रोटोनको प्रि–दशैं सर्भिस क्याम्प ग्राहकलाई निःशुल्क चेकअपदेखि आकर्षक उपहारसम्म

काठमाडौं- दशैंको समयमा ग्राहकलाई सुरक्षित र सहज यात्राका लागि तयार रहन सहयोग गर्ने उद्देश्यले प्रोटोनको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले प्रि–दशैं सर्भिस क्याम्प सञ्चालन गर्ने भएको छ । असोज २८ देखि ३० गतेसम्म (१४ देखि १६ अक्टोबर २०२६) भक्तपुरको राधे राधेस्थित प्रोटोन सर्भिस सेन्टरमा क्याम्प सञ्चालन हुनेछ ।

दशैंमा परिवारसँग भेटघाट गर्न र आफ्नो गृहजिल्ला जान धेरैले लामो दूरीको यात्रा गर्ने गर्छन्। यस्तो यात्राअघि सवारीसाधनको अवस्था जाँच गर्नु आवश्यक हुन्छ । यही कुरालाई ध्यानमा राखेर सञ्चालन गर्न लागिएको क्याम्पमार्फत प्रोटोनका ग्राहकले आफ्नो सवारीसाधनको निःशुल्क जाँच गराउनुका साथै विभिन्न सेवा तथा सुविधामा छुट पाउनेछन् ।

क्याम्प अवधिभर स्पेयर पाट्र्समा २० प्रतिशतसम्म र सर्भिस तथा लेबर चार्जमा १० प्रतिशतसम्म छुट उपलब्ध हुनेछ । ग्राहकले दुई पटकसम्म निःशुल्क सवारीसाधन धुने सुविधा पनि पाउनेछन्। साथै, क्याम्पमा सहभागी प्रत्येक ग्राहकलाई आकर्षक उपहार ह्याम्पर प्रदान गरिनेछ ।
यस क्याम्पमार्फत ग्राहकलाई चाडपर्वको यात्राअघि सवारीसाधनको आवश्यक जाँच तथा मर्मतसम्भार गराउन प्रोत्साहित गर्नुका साथै गुणस्तरीय सेवा प्रदान गर्ने र ग्राहकसँगको सम्बन्ध अझ मजबुत बनाउने लक्ष्य जगदम्बा मोटर्सले लिएको छ ।
जगदम्बा मोटर्सले प्रोटोनका सम्पूर्ण ग्राहकलाई यस अवसरको लाभ उठाउँदै समयमै आफ्नो सवारीसाधनको जाँच तथा सर्भिसिङ गराउन र दशैंको यात्रा सुरक्षित बनाउन आग्रह गरेको छ ।

सर्भिस क्याम्पसम्बन्धी विवरण
स्थानः प्रोटोन सर्भिस सेन्टर, राधे राधे, भक्तपुर
मितिः असोज २८–३०, २०८३ (१४–१६ अक्टोबर २०२६)
सम्पर्क नम्बरः ९७००१४१२९
जगदम्बा मोटर्स
प्रोटोनको नेपालका लागि आधिकारिक वितरक

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्