शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको बृद्धि

काठमाडौँ – नेपाली शेयर बजार लगातार पाँच कारोबार दिनदेखि उकालो लागेको छ। साताको कारोबारका क्रममा आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.३२ अङ्कले बढेर २ हजार ६२१.२६ विन्दुमा पुगेको छ।

आज सबै समूहका उपसूचक बढेका छन्। बैंक, विकास बैंक र निर्जीवन बीमा समूहको उपसूचक एक प्रतिशतभन्दा बढीले वृद्धि भएको छ। कारोबार भएका कम्पनीमध्ये १८८ वटाको शेयर मूल्य बढेको छ भने ८० वटाको घटेको छ। नौ कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन।

आज सिद्धार्थ बैंकको डिबेन्चर २०८९ को मूल्य सबैभन्दा धेरै १३.२१ प्रतिशतले बढेको छ। समग्र बजार बढे पनि सगरमाथा जलविद्युत् कम्पनीको शेयर मूल्य भने ६.३२ प्रतिशतले घटेको छ।

नेप्से परिसूचक बढे पनि कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो दिन ४ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएकोमा आज ३५४ कम्पनीका १ करोड १६ लाख कित्ता शेयर ४ अर्ब १३ करोड रुपैयाँमा किनबेच भएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्