उपत्यकामा आइतबारदेखि जुनसुकै ब्रान्डका ग्यास सिलिन्डर पाइने

काठमाडौँ – काठमाडौँ उपत्यकामा आगामी आइतबारदेखि उपभोक्ताले जुनसुकै ब्रान्डका खाली सिलिन्डर साटेर खाना पकाउने एलपी ग्यास लिन पाउने भएका छन्। चाडपर्वका बेला फरक–फरक ब्रान्डका सिलिन्डर साटफेर गर्न नपाउँदा उपभोक्ताले समस्या भोग्नुपरेको गुनासो बढेपछि नेपाल एलपी ग्यास उद्योग सङ्घले विशेष व्यवस्था गरेको हो।

नेपाल आयल निगमको समन्वय र ग्यास विक्रेता महासङ्घको सहकार्यमा असोज २५ गतेदेखि ३१ गतेसम्म उपत्यकाका छ स्थानबाट ग्यास बिक्री तथा सिलिन्डर साटफेर गरिने सङ्घले जनाएको छ। उपभोक्ताले दैनिक बिहान ९ः३० देखि अपराह्न ४ः३० बजेसम्म सेवा लिन सक्नेछन्।

सङ्घका अध्यक्ष दिवान चन्दद्वारा जारी विज्ञप्तिअनुसार भारतका विभिन्न रिफाइनरीबाट ग्यास आयात नियमित भइरहेको छ। गत भदौ महिनामा मात्रै ४२ लाख १३ हजार ६६१ सिलिन्डर बिक्री वितरण भएको सङ्घले जनाएको छ। आपूर्ति सहज रहे पनि चाडपर्वका बेला खाली सिलिन्डर साटफेरमा देखिएको समस्या समाधान गर्न विशेष व्यवस्था गरिएको हो।

सिलिन्डर साटफेर तथा बिक्री हुने केन्द्रहरू

स्थान उपलब्ध ब्रान्ड सम्पर्क
सिफलचौर, काठमाडौं (ग्यास एन्ड अक्सिजन ट्रेडर्स) एभरेस्ट, सुगम ९८०१०९१२७७
पेप्सीकोला, काठमाडौं सगर ०१–५१५६२७४
बालाजु औद्योगिक क्षेत्रको गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी, त्रिवेणी ९८०२९५०४१७
सुकेधारा, काठमाडौं बाबा, श्री ९८५१११३७०४
कलङ्की, काठमाडौं साईबाबा, श्रीकृष्ण ९८५१०६०१९२
हरिसिद्धि, ललितपुर श्रीराम ९८५११३७७३२

यो व्यवस्था असोज २५ गते आइतबारदेखि असोज ३१ गते शनिबारसम्म मात्र लागू हुनेछ। त्यसैले उपभोक्ताले तोकिएका केन्द्र र समयभित्र सेवा लिन सक्नेछन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्