कांग्रेस सभापतिको मतगणना आजै रातिदेखि सुरु हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि भएको मतदानको मतगणना आजै रातिदेखि सुरु गरिने भएको छ। निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार काठमाडौँस्थित राष्ट्रिय सभागृहमा सभापति पदको मतगणना गर्ने तयारी गरिएको छ।

अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यका लागि खसेका मतपत्र भने आजै पार्टी केन्द्रीय कार्यालय सानेपा लगिनेछ। सभापति पदको नतिजा सार्वजनिक भएपछि मात्रै अन्य पदको मतगणना सुरु गरिने कटुवालले जानकारी दिनुभयो।

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सभापति पदमा गगनकुमार थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा भएको छ। सभापतिको मतपरिणामले पार्टीको आगामी नेतृत्वको टुङ्गो लगाउनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्