पाँच समस्याग्रस्त सहकारीका १३५ साना बचतकर्ताको रकम फिर्ता

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारी संस्थाका १३५ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ। समितिका अनुसार शिवशिखर सहकारीका ५७, कान्तिपुर सहकारीका ५२, ओरिन्टल को–अपरेटिभका आठ, तुलसी बहुमुखी सहकारीका नौ र आइडियल यमुना सहकारीका नौ जना बचतकर्ताको रकम फिर्ता गरिएको हो।

सरकारले समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनका क्रममा प्राप्त रकम पीडित बचतकर्तालाई फिर्ता गरिँदै आएको स्पष्ट पारेको छ। समितिले पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्तालाई प्राथमिकतामा राखेर रकम फिर्ता गरेको जनाएको छ।

समितिका अनुसार बचतकर्ताको बचत रकमका आधारमा वर्गीकरण गरी क्रमशः रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाइनेछ। यसबाट समस्याग्रस्त सहकारीका साना बचतकर्तालाई प्राथमिकताका आधारमा आफ्नो बचत रकम प्राप्त गर्ने व्यवस्था गरिएको समितिको भनाइ छ।

समस्याग्रस्त सहकारी संस्थाबाट ऋण असुली तथा सम्पत्ति व्यवस्थापनबाट प्राप्त रकम सम्बन्धित सहकारीका बचतकर्तालाई फिर्ता गर्ने कार्य प्रचलित कानुनी व्यवस्थाअनुसार निरन्तर सञ्चालन भइरहेको समितिले जनाएको छ। समितिले उपलब्ध स्रोतका आधारमा बचत फिर्ता प्रक्रियालाई अघि बढाउँदै जाने बताएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्