काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने जनाइएको छ ।
बैठकमा रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा जारी खोज, उद्धार, उपचार, राहत तथा पुनःस्थापनाका कामलाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक निर्णय हुने बताइएको छ ।
भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट रसुवा, नुवाकोट, धादिङ र गोरखालगायत जिल्लाका तटीय क्षेत्र प्रभावित भएका थिए । बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कामलाई तीव्रता दिँदै आएको छ ।
प्रधानमन्त्री शाहले यसअघि पनि प्रभावित क्षेत्रमा खोज, उद्धार, उपचार र राहतसँगै विस्थापितको सुरक्षित व्यवस्थापन तथा दीर्घकालीन पुनःस्थापनालाई प्राथमिकतामा राखिएको बताउनुभएको थियो ।



