काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) नागार्जुन नगर समितिको चौथो अधिवेशनबाट चन्द्र क्षेत्रीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
अधिवेशनबाट उपाध्यक्षमा अर्जुन पाठक, सचिवमा निर्मला श्रेष्ठ र कोषाध्यक्षमा दिलिप बरसिंह थापा चयन हुनुभएको छ । त्यस्तै सदस्यहरूमा होमनाथ अधिकारी, पल्पषा महर्जन, सिताराम भुजेल, जीवन पौडेल, अम्बिका भण्डारी, एकराज कुँवर, घनश्याम बलामी, मिना कार्की र आरती चित्रकार चयन हुनुभएको छ ।
नवनिर्वाचित कार्यसमितिले नागार्जुन नगर क्षेत्रमा संस्थागत विद्यालयको हकहित संरक्षणसँगै शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालयबीच सहकार्य तथा विद्यार्थीको सर्वाङ्गीण विकासका क्षेत्रमा प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।




