काठमाडौं – नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ३ हजार १ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ३ सय रुपैयाँ कायम भएको छ। शुक्रबार सुन प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आइतबार प्रतितोला ४० रुपैयाँले घटेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भएको थियो।
यसअघि शुक्रबार सुनको मूल्य २ हजार ५ सय रुपैयाँले बढेको थियो भने चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको थियो।



