काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ५ सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबारका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ७ हजार ४ सय रुपैयाँ तोकिएको छ। बिहीबार सुन प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। महासंघले दैनिक सुनचाँदीको मूल्य निर्धारण गर्दै आएको छ।
यद्यपि, एक साताको अवधिमा भने सुनको मूल्य प्रतितोला ११ हजार १ सय रुपैयाँले घटेको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, शुक्रबार चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँ पुगेको हो। बिहीबार चाँदी प्रतितोला ४ हजार ७ सय २५ रुपैयाँमा कारोबार भएको थियो।
एक साताअघि गत शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँ रहेको थियो।



