धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रह्लाद जोशीलाई शिक्षामन्त्रीको अतिरिक्त जिम्मेवारी

काठमाडौं – भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानको राजीनामा स्वीकृत गरेको जनाएको हो। नीट (NEET) परीक्षा विवाद र त्यसपछि चर्किएको आन्दोलनबीच शनिबार प्रधानले शिक्षामन्त्री पदबाट राजीनामा दिएका थिए। उनको राजीनामापछि प्रधानमन्त्री मोदीले उपभोक्ता मामिला, खाद्य तथा सार्वजनिक वितरण मन्त्री प्रह्लाद जोशीलाई शिक्षा मन्त्रालयको अतिरिक्त जिम्मेवारी दिएका छन्।

राष्ट्रपति कार्यालयका अनुसार जोशीले यसअघि सम्हाल्दै आएको नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयसँगै अब शिक्षा मन्त्रालयको जिम्मेवारी पनि सम्हाल्नेछन्। उता, धर्मेन्द्र प्रधानको राजीनामासँगै आन्दोलनरत कक्रोच जनता पार्टी (सीजेपी)ले आफ्नो आन्दोलन स्थगित गर्ने घोषणा गरेको छ। शनिबार केन्द्रीय मन्त्री जेपी नड्डा र जितेन्द्र सिंहसँग तेस्रो चरणको वार्तापछि सीजेपीले प्रदर्शनकारीलाई घर फर्किन आग्रह गरेको हो।

सीजेपीका प्रवक्ता आशुतोष रांकाले सरकारसँग आफ्ना मुख्य मागहरू सम्बोधन भएको दाबी गर्दै चार सातापछि पुनः बैठक बसेर बाँकी माग तथा शिक्षा सुधारका विषयमा थप छलफल गरिने बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्