डडेलधुरा । डडेलधुराको अमरगढी नगरपालिका-७ खसरेखानमा शनिबार बिहान बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार धनगढीबाट दार्चुलातर्फ जाँदै गरेको बोलेरो जिप बिहान करिब ३ बजे अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल भिरमा खसेर दुर्घटनामा परेको हो।
दुर्घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी, ट्राफिक प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली घटनास्थल पुगेर उद्धार कार्य सञ्चालन गरेको थियो। दुर्घटनामा घाइते भएका पाँचै जनालाई तत्काल उपचारका लागि डडेलधुरा अस्पताल लगिएको थियो। उपचारकै क्रममा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। अन्य तीन जना घाइतेको अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी छ।
प्रहरीले दुर्घटनाको कारण खुल्न बाँकी रहेको जनाएको छ। मृतक तथा घाइतेहरूको पहिचान गर्ने काम जारी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



