काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ।
बुधबार नयाँ दिल्लीस्थित हैदराबाद हाउसमा भएको भेटमा दुई नेताबीच नेपाल-भारत सम्बन्ध, आपसी हित तथा समसामयिक विषयमा छलफल भएको जनाइएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत रवि लामिछानेसँग भेटवार्ता भएको जानकारी सार्वजनिक गरेका छन्।
लामिछाने भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा भारत भ्रमणमा रहेका छन्। भ्रमणका क्रममा उनले भारतीय राजनीतिक नेतृत्वसँग विभिन्न उच्चस्तरीय भेटघाट गरिरहेका छन्। मोदी र लामिछानेबीचको भेटलाई नेपाल-भारत सम्बन्ध तथा दुई देशबीचको राजनीतिक संवादका दृष्टिले अर्थपूर्ण रूपमा हेरिएको छ।






