भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र वास्तोला नियुक्त (मन्त्रिपरिषद् निर्णयहरू)

 

काठमाडौं । सरकारले भूमि समस्या समाधान समितिको अध्यक्षमा कास्कीका बलभद्र वास्तोलालाई नियुक्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्।

समितिका सदस्यमा काठमाडौंका अमिरप्रसाद न्यौपाने, काठमाडौंकी डा. रेहना श्रेष्ठ तथा लमजुङकी पद्मिनी सोती नियुक्त भएका छन्।

मन्त्रिपरिषद् बैठकले भूमि समस्या समाधान समितिमा पदाधिकारी नियुक्तिसहित चार महत्वपूर्ण निर्णय गरेको छ।

मन्त्रिपरिषद्का प्रमुख निर्णयहरू

१. ओजोन तह संरक्षणसम्बन्धी सम्झौता स्वीकृत
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम (यूएनईपी) अन्तर्गत ओजोन तहलाई क्षति पुर्‍याउने पदार्थहरूको व्यवस्थापन तथा न्यूनीकरणसम्बन्धी मोन्ट्रियल प्रोटोकल कार्यान्वयनसम्बन्धी सम्झौता स्वीकृत गर्ने निर्णय गरिएको छ।

२. सशस्त्र प्रहरीमा बढुवा
सशस्त्र प्रहरी नायब महानिरीक्षक अर्जुनीकुमार पोखरेललाई सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरिएको छ।

३. अध्ययन समितिको कार्यावधि थप
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएका घटनाको छानबिनका लागि गठित आयोगको प्रतिवेदनमा उल्लिखित सुरक्षा संयन्त्रका विषयमा अध्ययन तथा सिफारिस गर्न बनेको अध्ययन समितिको कार्यावधि ४५ दिन थप गरिएको छ।

४. भूमि समस्या समाधान समितिमा नियुक्ति
भूमि समस्या समाधान समितिको अध्यक्षमा बलभद्र वास्तोला तथा सदस्यहरूमा अमिरप्रसाद न्यौपाने, पद्मिनी सोती र डा. रेहना श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरिएको छ।

सरकारले भूमि व्यवस्थापन तथा अव्यवस्थित बसोबासका समस्याको समाधानलाई प्रभावकारी बनाउन समितिलाई सक्रिय रूपमा परिचालन गर्ने अपेक्षा गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्