निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुँदै ओली

 

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुने भएका छन्।

एमाले केन्द्रीय संगठन विभागको आयोजनामा जेठ २० र २१ गते काठमाडौंमा हुने दुईदिने राष्ट्रिय कार्यशालाको उद्घाटन अध्यक्ष ओलीले गर्ने कार्यक्रम तय भएको एमालेले जनाएको छ।

‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक उक्त कार्यशाला बबरमहलस्थित कार्की बैंक्वेटमा जेठ २० गते बिहान ११ बजेदेखि सुरु हुनेछ।

पार्टीको संगठनात्मक सुदृढीकरण, सदस्यता विस्तार तथा नवीकरण अभियानलाई थप प्रभावकारी बनाउने उद्देश्यले कार्यशाला आयोजना गरिएको एमालेले जनाएको छ।

कार्यशालामा पार्टीका सबै प्रदेश तथा जिल्ला इन्चार्ज, प्रदेश कमिटीका पदाधिकारी, कार्यालय सचिव, जिल्ला कमिटी अध्यक्ष, संगठन विभाग प्रमुख तथा विभिन्न जनसंगठनका केन्द्रीय अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागिता रहनेछ।

दुई दिनसम्म सञ्चालन हुने कार्यशालामा सदस्यता विस्तार, सदस्यता नवीकरण प्रक्रिया, संगठन सुदृढीकरण तथा भावी कार्ययोजनाका विषयमा छलफल र अभिमुखीकरण गरिने बताइएको छ।

यस कार्यक्रममार्फत एमालेले पार्टी संगठनलाई थप सक्रिय, सुदृढ र जनमुखी बनाउने लक्ष्य राखेको जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्