आठ विश्वविद्यालयमा उपकुलपति नियुक्तिका लागि योग्य आवेदन स्वीकृत (नामावली सहित)

काठमाडौंशिक्षा तथा खेलकुद मन्त्रालयले देशका आठ विश्वविद्यालयका उपकुलपति नियुक्ति प्रक्रियालाई अघि बढाउँदै प्राप्त आवेदनमध्ये योग्य दरखास्त स्वीकृत गरेको छ।

मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम प्रकाशित आह्वानमा परेका २१८ आवेदनमध्ये कार्यविधिअनुसार योग्य ठहरिएका उम्मेदवारहरूको दरखास्त स्वीकृत गरिएको हो।

उपकुलपति सिफारिस प्रक्रिया अघि बढाइएका विश्वविद्यालयहरूमा त्रिभुवन विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालयराजर्षि जनक विश्वविद्यालय रहेका छन्।

मन्त्रालयका अनुसार सिफारिस समितिको आज बसेको बैठकले विश्वविद्यालयगत रूपमा योग्य देखिएका व्यक्तिहरूको आवेदन स्वीकृत गर्ने निर्णय गरेको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्