प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं – प्रतिनिधिसभाको बैठक बुधबार बिहान ११ बजे बस्दैछ । मङ्गलबार बसेको बैठकमा आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता (कर प्रस्तावबाहेक) माथि छलफल भएको थियो । छलफलका क्रममा सांसदहरूले उठाएका जिज्ञासाको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले दिनुभएको थियो ।

उक्त सिद्धान्त र प्राथमिकतामाथिको छलफल सोमबारदेखि सुरु भएको हो । गत वैशाख ३१ गतेको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा. वाग्लेले आगामी आर्थिक वर्षको बजेटको आधार तय गर्ने उक्त प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्