नेरिक एकेडेमीद्वारा आवाससहित निःशुल्क शिक्षामा सहकार्य

काठमाडौं – काठमाडौं महानगरपालिकाद्वारा आयोजित “नदिकिनार तथा जोखिमयुक्त बस्तिबाट संरक्षित बालबालिकाहरूलाई आवाससहित निःशुल्क पठनपाठन” सम्बन्धी छलफल तथा समझदारी कार्यक्रममा नेरिक एकेडेमीले महानगरपालिकाको पूर्ण छात्रवृत्ति अभियानमा सहकार्य गर्ने भएको छ ।

जोखिमयुक्त तथा विपन्न अवस्थाका बालबालिकाहरूलाई सुरक्षित वातावरणमा गुणस्तरीय शिक्षा, संरक्षण तथा उज्ज्वल भविष्यको अवसर प्रदान गर्ने उद्देश्यले आयोजित कार्यक्रममा नेरिक एकेडेमीका प्रिन्सिपल मिलन कँडेल, काठमाडौं महानगरपालिकाका शिक्षा प्रमुख तथा सम्बन्धित विद्यार्थीका अभिभावकबीच औपचारिक समझदारी सम्पन्न भएको हो ।

समझदारीअनुसार नदिकिनार तथा जोखिमयुक्त बस्तिमा रहेका बालबालिकाहरूलाई आवाससहित निःशुल्क पठनपाठनको व्यवस्था गरिनेछ । यस अभियानमार्फत शिक्षा पहुँचबाट टाढा रहेका तथा जोखिममा परेका बालबालिकाहरूलाई शिक्षाको मूलधारमा ल्याउने लक्ष्य लिइएको महानगरपालिकाले जनाएको छ ।

नेरिक एकेडेमीले सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, मानवता तथा समावेशी समाज निर्माणका अभियानमा निरन्तर सहकार्य गर्दै आएको जनाएको छ । एकेडेमीले “शिक्षा प्रत्येक बालबालिकाको नैसर्गिक अधिकार हो” भन्ने विश्वाससहित आगामी दिनहरूमा पनि यस्ता सामाजिक अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्