संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधन प्रस्ताव प्रस्तुत हुने तथा त्यसमाथि छलफल हुने कार्यसूची रहेको छ । साथै, छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ पनि प्रधानमन्त्री शाहले दिने कार्यक्रम तय गरिएको छ । यसअघि रामचन्द्र पौडेल ले गत सोमबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

हिजो बसेको प्रतिनिधिसभा बैठकमा विभिन्न राजनीतिक दलका सांसदहरूले दलीय प्रतिनिधित्वका आधारमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राखेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्