अनु चन्द र सूर्य विरही साउँदको संयुक्त प्रस्तुती ‘तल्ला बाटा सुइक्क’ गीत सार्वजनिक

काठमाडौँ – सुदूरपश्चिमको मौलिक कला र संस्कृतिलाई समेट्दै गायिका अनु चन्द र गायक सूर्य विरही साउँदको संयुक्त प्रस्तुतीमा रहेको देउडा गीत ‘तल्ला बाटा सुइक्क’ सार्वजनिक गरिएको छ । सुदूरपश्चिमेली देउडा भाकामा सजिएको उक्त गीतले माया, रमाइलोपन र गाउँघरको मिठासलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ ।

सुदूरपश्चिमको मौलिक देउडा भाकामा सजिएको गीतले प्रेम, सम्झना र गाउँघरको मिठासलाई जीवन्त रूपमा प्रस्तुत गरेको छ । गीतमा आधा राति बाडुल्की लागेको, प्रेमीको यादमा सुतेको बेला ऐठन भएको र त्यो केवल सपना मात्रै रहेछ भन्ने भाव मार्मिक ढंगले प्रस्तुत गरिएको छ । प्रेममा डुबेको मन, रातको एकान्त र प्रिय व्यक्तिको सम्झनाले सिर्जना गर्ने अनुभूतिलाई गीतका शब्दहरूले गहिरो रूपमा अभिव्यक्त गरेका छन् ।

गीतमा लय तथा शब्द तथा स्वर चर्चित गायक सूर्य विरही साउँदको रहेको छ भने स्वरमा अनु चन्दले साथ दिएकी छन् । उक्त गीत अनु चन्दको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । यसअघि पनि अनु चन्दले ‘अभागी बस्ने देश’ बोलको गीत निरन्तर मिडियाको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भएको थियो । “आफूलाई सम्झेर आँखामा आँशु नझार्न, पुतली भेषमा फुलबारीमा डुल्न आउँला” भन्ने भावले भरिएको गीतले धेरै श्रोतालाई भावुक बनाएको थियो । बैरागीको विस्तरामा दुखको बास हुने भाव प्रस्तुत गर्दै गीतमा आमाको सम्झनालाई विशेष स्थान दिइएको थियो । उक्त गीत पनि दर्शक श्रोताहरुले अत्यधिक रुचाएका थिए । नव प्रवेशीको रुपमा अभागी बस्ने देश बोलको गीत ल्याएकी गायिक अनु चन्द पछिल्लो समय गीत संगीतको क्षेत्रमा पाईला अगाडी बढाउदैँ आएकी छिन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्