हर्मुज जलमार्गमा फेरि बढ्यो अमेरिका-इरान तनाव

काठमाडौं – अमेरिका र इरानबीच हर्मुज जलमार्ग क्षेत्रमा फेरि तनाव बढेको छ । दुई देशका सेनाबीच पछिल्लो पटक हर्मुज क्षेत्रमा गोली हानाहान भएपछि तनाव थप चर्किएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने युद्धविराम कायमै रहेको दाबी गर्नुभएको छ । उहाँले इरान सम्झौतामा नआए फेरि पनि आक्रमण गर्न सकिने चेतावनी दिनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

इरानका उच्च सैन्य कमान्डरहरूले अमेरिकाले युद्धविराम उल्लङ्घन गर्दै आक्रमण गरेको आरोप लगाएका छन् । आफूहरूले प्रतिरक्षाका लागि प्रतिआक्रमण गरेको उनीहरूको दाबी छ । संयुक्त राष्ट्रसंघअन्तर्गतको अन्तर्राष्ट्रिय समुद्री सङ्गठनका महासचिव आर्सेनियो डोमिन्गेजका अनुसार हर्मुज सङ्कटका कारण खाडी क्षेत्रमा झण्डै एक हजार ५०० जहाज अलपत्र परेका छन् ।

यसअघि बुधबार इरान–अमेरिकाबीच वार्ता हुने खबर सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ११ प्रतिशतले घटेको थियो । तर त्यसको भोलिपल्ट बिहीबार राति हर्मुज जलमार्गमै दुई देशका सेनाबीच गोली हानाहान भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्