काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आज सचिवालय बैठक बोलाएका छन्।
बैठक बिहान पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने तय गरिएको छ। बैठकमा सबै सचिवालय सदस्यलाई अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिइएको छ।
बैठकको पहिलो कार्यसूचीमा स्थानीय तह उम्मेदवार छनोट रूपरेखा २०८३ सम्बन्धमा छलफल गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी दोस्रो कार्यसूचीमा महाधिवेशन कार्यविधि २०८३, तेस्रोमा संसदीय दलको विधान संशोधन तथा चौथोमा विविध विषय समावेश गरिएको छ।






