यी हुन् पदाधिकारी पदमुक्त हुने निकायहरू (सूची)

 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी गरेसँगै विभिन्न नियामक निकाय, सार्वजनिक संस्था र राज्यका अन्य निकायका पदाधिकारी पदमुक्त हुने भएका छन्।

अध्यादेशअनुसार १ सय १० वटा कानुन परिमार्जन हुनेछन्, जसबाट कुल १ हजार ५ सय ३४ सार्वजनिक पदाधिकारी पदमुक्त हुने जनाइएको छ।

पदाधिकारी पदमुक्त हुने प्रमुख निकायहरू:

  • नेपाल वायुसेवा निगम
  • राष्ट्रिय समाचार समिति
  • कर्मचारी सञ्चय कोष
  • गोरखापत्र संस्थान
  • नेपाली भाषा प्रकाशन संस्थान
  • चलचित्र जाँच समिति
  • शिक्षक सेवा आयोग
  • गुठी संस्था
  • राष्ट्रिय प्रकृति संरक्षण कोष
  • नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान
  • नेपाल विद्युत् प्राधिकरण
  • लुम्बिनी विकास कोष
  • पशुपति क्षेत्र विकास कोष
  • प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्
  • काठमाडौं उपत्यका विकास प्राधिकरण
  • नेपाल खानेपानी संस्थान
  • नागरिक लगानी कोष
  • प्रेस काउन्सिल नेपाल
  • नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान
  • कृषि अनुसन्धान परिषद्
  • राष्ट्रिय दुग्ध विकास बोर्ड
  • काठमाडौं विश्वविद्यालय
  • बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान
  • समाज कल्याण परिषद्
  • त्रिभुवन विश्वविद्यालय
  • विश्वविद्यालय अनुदान आयोग
  • नेपाल स्काउट
  • पोखरा विश्वविद्यालय
  • दूरसञ्चार प्राधिकरण
  • नेपाल नागरिक उड्डयन प्राधिकरण
  • नेपाल इन्जिनियरिङ परिषद्
  • नेपाल फार्मेसी परिषद्
  • धितोपत्र बोर्ड
  • सूचना आयोग
  • वैदेशिक रोजगार प्रवर्द्धन बोर्ड
  • नेपाल ट्रष्ट
  • नेपाल प्रज्ञा प्रतिष्ठान
  • सुदूरपश्चिम विश्वविद्यालय
  • मध्यपश्चिम विश्वविद्यालय
  • कृषि तथा वन विज्ञान विश्वविद्यालय
  • राष्ट्रिय युवा परिषद्
  • नेपाल खुला विश्वविद्यालय
  • सामाजिक सुरक्षा कोष
  • विपद् व्यवस्थापन प्राधिकरण
  • स्वास्थ्य बीमा बोर्ड
  • लगानी बोर्ड
  • नेपाल मेडिकल काउन्सिल
  • राष्ट्रिय चिकित्सा शिक्षा आयोग
  • राष्ट्रिय खेलकुद परिषद्
  • बीमा प्राधिकरण
  • रेल्वे बोर्ड
  • सार्वजनिक सेवा प्रशारण संस्था

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्