दिपेन्द्रको शतकसँगै नेपालले दियो यूएईलाई २९० रनको लक्ष्य

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई)लाई २९० रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै २८९ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट शतक प्रहार गरे । उनले ९४ बलमा १०० रन बनाएर रनआउट भए ।

यस्तै विनोद भण्डारीले ५६, गुल्सन झाले ४४ तथा कप्तान रोहित पौडेलले ३९ रनको योगदान दिए । यूएईका जुनैद सिद्दिकी र अजय कुमारले समान २/२ विकेट लिए ।

यसअघि लिग–२ अन्तर्गत नेपालले यूएईलाई ३७ रनले पराजित गरेको थियो भने ओमानसँग डीएलएस नियमका आधारमा १०२ रनले हार व्यहोरेको थियो ।

आठ राष्ट्र सहभागी लिग-२ मा नेपाल २२ खेलबाट १४ अङ्कसहित तालिकाको सातौँ स्थानमा छ । ओमान २६ खेलबाट ३१ अङ्कसहित तेस्रो स्थानमा रहेको छ भने यूएई २२ खेलबाट १२ अङ्कसहित पुछारमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्