कांग्रेसले माग्यो तीन जना प्रदेशमन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले तीन जना प्रदेश सरकारका मन्त्रीसहित सात प्रदेश सांसदसँग स्पष्टीकरण मागेको छ। बुधबार बसेको अनुशासन समितिको बैठकले प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा ती नेताहरूसँग स्पष्टीकरण माग्ने निर्णय गरेको हो।

स्पष्टीकरणमा परेका मन्त्रीहरूमा लुम्बिनी प्रदेशका वनमन्त्री देवकरणप्रसाद कलवार, कोशी प्रदेशका मन्त्री प्रदीप सुनुवार र लुम्बिनी प्रदेशका यातायात तथा पर्यटन मन्त्री प्रचण्डविक्रम न्यौपाने रहेका छन्।

यस्तै, अन्य प्रदेश सांसदहरूमा लुम्बिनी प्रदेश सभाका सांसद तथा प्रदेश उपसभापति राजु खनाल, मधेश प्रदेशका सांसद जंगीलाल राय, सकुन्तीदेवी महरा र कौशलकिशोर राय रहेका छन्।

कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार उनीहरूलाई पाँच दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्