पश्चिम तराईमा गर्मी कायमै, पूर्वी क्षेत्रमा केही राहतको सम्भावना

काठमाडौं । सुदूरपश्चिमदेखि गण्डकी प्रदेशका तराई क्षेत्रमा गर्मी बढ्दो अवस्थामा रहे पनि पूर्वी क्षेत्रमा भने आजदेखि केही राहत मिल्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार सुदूरपश्चिमदेखि गण्डकी प्रदेशका तराई क्षेत्रमा तातो लहरको सम्भावना कायम छ। तर कोशीदेखि बागमती प्रदेशका तराई क्षेत्रमा आज र भोलि तापक्रम केही घट्ने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका तराई, उपत्यका तथा खोँच क्षेत्रमा भने अझै तातो दिन रहनेछ।

आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका केही तराई क्षेत्रमा पनि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

भोलि पनि कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। महाशाखाले गर्मी तथा तातो लहरबाट बच्न आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्