आइपीएल अन्तर्गत गएराति भएको खेलमा राजस्थानद्वारा लखनउ ४० रनले पराजित

Photo by Pankaj Nangia / CREIMAS for IPL

इन्डियन प्रिमियर लिग आइपीएल अन्तर्गत गएराति भएको खेलमा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई ४० रनले पराजित गरेको छ। लखनउस्थित एकाना स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १५९ रन बनायो।

जवाफमा लखनउ १८ ओभरमै ११९ रनमा समेटिँदै पराजित भयो। राजस्थानका लागि रवीन्द्र जडेजाले सर्वाधिक ४३ रनको अविजित इनिङ खेले भने यशस्वी जैसवालशिमरोन हेटमायरले समान २२–२२ रनको योगदान दिए।

लखनउका लागि मोहसिन खान, प्रिन्स यादवमोहम्मद शामीले समान २-२ विकेट लिए। ब्याटिङतर्फ मिचेल मार्सले ४१ बलमा ५५ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन्। निकोलस पुरनले २२ रन र हिम्मत सिंहले १५ रन जोडे।

जितसँगै राजस्थानले प्रतियोगितामा आफ्नो बलियो उपस्थिति कायम राखेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्