काठमाडौँमा बिक्री हुने चामलमा ११ प्रकारका विषादी

काठमाडौं । काठमाडौं उपत्यकामा खपत हुने चामलमा ११ प्रकारका विषादीको अवशेष फेला परेको एक अध्ययनले देखाएको छ । प्रोग्रेसिभ सस्टेनेबल डिभेलपर्स नेपाल र भारतको वैज्ञानिक तथा औद्योगिक अनुसन्धान परिषद् अन्तर्गतको विषविज्ञान अनुसन्धान संस्थान ले संयुक्त रूपमा गरेको अध्ययनले ८३ प्रतिशत नमुनामा विषादी भेटिएको जनाएको हो ।

अध्ययनअनुसार काठमाडौंका पसलमा पाइने चामलमा भक्तपुर र ललितपुरभन्दा बढी विषादी पाइएको छ भने बासमती चामलमा गैरबासमतीको तुलनामा दोब्बर मात्रा देखिएको छ । परीक्षणमा प्रतिकेजी ५ दशमलव ०९ देखि ३१२ दशमलव ५४ माइक्रोग्रामसम्म विषादी भेटिएको उल्लेख छ ।

अनुसन्धानकर्ताका अनुसार ट्राइसाइक्लाजोल, थाइमिथोक्साम र टेबुकोनाजोलजस्ता विषादीको मात्रा युरोपेली सङ्घले तोकेको अधिकतम सीमाभन्दा बढी रहेको छ । प्रतिबन्धित क्लोरपाइरिफस, अल्फासाइपरमेथ्रिन र प्रोफेनोफससमेत फेला परेकाले बजार अनुगमन कमजोर रहेको संकेत गरिएको छ ।

अध्ययनले यस्ता विषादीयुक्त चामलको दीर्घकालीन सेवनले क्यान्सरलगायत गम्भीर स्वास्थ्य समस्या निम्त्याउन सक्ने चेतावनी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्