काठमाडौं – कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको मूल्य उल्लेख्य रूपमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ का अनुसार आज सुनको भाउ तोलामा एक हजार २०० रुपैयाँले बढेर प्रतितोला ३ लाख १ हजार रुपैयाँ पुगेको छ । गत शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँ रहेको थियो ।
यस्तै, चाँदीको मूल्य पनि आज उकालो लागेको छ । चाँदी प्रतितोला ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँ पुगेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ हजार १३० रुपैयाँ थियो ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावसँगै नेपाली बजारमा पनि सुनचाँदीको भाउमा वृद्धि देखिएको व्यवसायीहरूले बताएका छन् ।






