काठमाडौँ – प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले आफ्नो सम्पत्ति विवरणमा १ करोड ४६ लाख रुपैयाँ नगद रहेको खुलासा गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार उक्त रकम सामाजिक सञ्जालमार्फत प्राप्त आम्दानीबाट आएको उल्लेख गरिएको छ ।
विवरणमा फेसबुक, युट्युब, टिकटक, स्पोटीफाइ र इन्स्टाग्रामजस्ता प्लेटफर्मबाट उनले उक्त आम्दानी गरेको जनाइएको छ ।
यस्तै, उनकी श्रीमती सविना काफ्लेसँग १९० तोला गहना रहेको पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ ।







