गृहमन्त्रीको सम्पत्ति विवरणः ८९ तोला सुन, करोडौँको सेयर

काठमाडौँ – गृहमन्त्री सुधन गुरुङको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ । प्रधानमन्त्री कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार गुरुङ र उनको परिवारको नाममा ठूलो परिमाणमा जग्गा, विभिन्न कम्पनीका सेयर, बैंक मौज्दात, सवारी साधन तथा पैतृक सुन रहेको उल्लेख गरिएको छ ।

विवरणअनुसार गुरुङको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको छ भने उनका पिता दिलबहादुर गुरुङको नाममा चितवनमा ३० कठ्ठा जग्गा रहेको देखिन्छ । साथै उनका बाजे रामसल गुरुङको नाममा गोरखाको चुमनुब्री क्षेत्रमा २२१ रोपनी जग्गा रहेको उल्लेख छ ।

सेयर लगानीतर्फ होप होल्डिङ प्रालिमा ३० हजार कित्ता, लगुम प्रिमियर अपार्टमेन्टमा ५७ हजार कित्ता तथा अन्य विभिन्न कम्पनीमा गरी करिब २ करोड ७४ लाख रुपैयाँ बराबरको लगानी रहेको छ । एडभेन्चेर भिल्ला प्रालिमा ७० हजार कित्ता सेयर पनि रहेको विवरणमा उल्लेख गरिएको छ ।

बैंक खातातर्फ विभिन्न बैंकमा गरी उल्लेख्य रकम मौज्दात रहेको छ भने सवारी साधनतर्फ एउटा कार रहेको देखिन्छ । साथै गुरुङसँग ८९ तोला सुन रहेको उल्लेख गरिएको छ, जसलाई पैतृक सम्पत्ति भनिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्